Logo

नक्कली भुटानी शरणार्थी प्रकणमा सांसदको चासो



काठमाडौं, वैशाख २५ । संघीय संसद्को वर्षे अधिवेशनको बैठकको पहिलो दिन रोचक बनेको छ । सांसदले नक्कली भुटानी शरणार्थी प्रकणका दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे । निर्धारित समयभन्दा १५ मिनेट ढिला गरी सुरु भएको बैठकको सुरुवातको दृश्य भने रोचक थियो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आकस्मिक समय लिएर बोल्न अनुमति मागे । लगत्तै स्वतन्त्र सांसद अमेरशकुमार सिंह, नेकपा ९एमाले०का सांसद रघुजी पन्तले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग अनुमति मागेपछि सभामुख अलमलमा परे ।

सभामुख घिमिरेले बैठक औपचारिक रूपमा सुरु गर्न सांसदसँग आग्रह गरे । सभामुखको आग्रहलाई बेवास्ता गर्दै केही सांसद उभिइरहे । केही समयको सांकेतिक जुहारीपछि बैठक प्रारम्भ भएको थियो ।

बैठकमा पहिलो वक्ताका रूपमा सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थीका विषयमा दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरे । त्यसपछि सांसद अमरेशकुमार सिंहले सर्वदलीय सहमतिमा भ्रष्टाचार हुने गरेको आरोप लगाए । उनले भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति नदिन माग गरे ।

‘सबै भ्रष्टाचारको उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’ उनले भने । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भ्रष्टाचारका सवालमा ‘यो टेलर मात्रै हो फिल्म देखाउन बाँकी नै छ’ भन्ने विषयको प्रसंग उल्लेख गर्दै मुलुकमा भएका सबै किसिमका भ्रष्टाचार र अनियमितताप्रति आफ्नो पार्टी एकताका साथ दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘हामी फिल्म हेर्न टिकट काटेर बसेका छौं फिल्म देखाउनुहोस् । वाइडबडी, यतिलगायत सबै काण्डको छानबिन गरियोस्’ उनले माग गरे ।

एमाले सचेतक महेशकुमार बर्तौलाले पनि नक्कली भुटानी शरणार्थीको विषय रोक । उनले भने, ‘दोषी उन्कने खेल भइरहेको आरोप लगाउँदै दोषीलाई कारबाही गर्न माग गरे । एमाले सांसद सूर्य थापाले भ्रष्टाचारको फिल्म हेर्न आतुर रहेको बताए ।

त्यसपछि सभामुखले फेरि सांसदलाई अनुशासनमा रहेर बस्न आग्रह गरे । सत्तारूढ नेकपा ९माओवादी केन्द्र०ा सांसद माधव सापकोटाले प्रतिपक्षी दलका सांसदले छापामार शैलीमा कुरा राखेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीले राखेका कुरा खिसिटिउरी गरिरहनुले विषयलाई विषयान्तर गर्ने प्रयास भएको छ ।’ इमानदारीपूर्वक रायामाझीलाई पक्राउ गर्न सहयोग गरे पुग्ने बताए ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘नेपालको राजनीतिमा जो बढी बदमास त्यही बढी डकार्छ भन्दै भ्रष्टाचार र अनियमिततामा दोषी जोकोहीलाई संसदीय समिति बनाएर कारबाही गर्न माग गरे । एमाले सांसद रघुजी पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही, कांग्रेसका सांसद सुनील शर्मा, सांसद सरिता प्रसाईँ, हरि ढकाल, मेटमणि चौधरी दीपकबहाद’ र सिंहलगायतले भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्नु हुन्न, निर्दोष उम्कनु हुन्न । सांसद रञ्जुकुमारी झाले पनि नक्कली शरणार्थी बनाउने दोषीलाई कारबाहीको माग गरे ।

सांसद आरजु राणाको भने छुट्टै बिलौना थियो । उनले आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टीकाटिप्पणी भइरहेको आरोप लगाइन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot