Logo

दोहोरो नागरिकता लिने १० भारतीय पक्राउ



काठमाडौं, वैशाख २५ । भारतबाट नेपाल आएर नेपाली नागरिकता लिएका १० भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्लाको इब्राहिम पट्टी बस्दै आएका भारतीय नागरिक नेपाल प्रवेश गरेर नेपाल सरकारले विभिन्न समयमा घुम्ती शिविरमार्फत नेपाली नागरिकलाई नागरिकता वितरण गरेको समयमा उनीहरूले नेपाली नागरिकता लिन सफल भएका थिए ।

सो समूहले स्थलगत रूपमा वितरण गरिएको नागरिकता टोलीलाई नक्कली कागज पेस गरी उनीहरूले बारा, पर्सा, सिरहा, रूपन्देहीलगायतका जिल्लाबाट नागरिकता लिएको प्रहरीले जानकारी दिएको छ । तराईका जिल्लाबाट नागरिकता लिएर राजधानीमा उनीहरू बस्दै आएको सूचनाको आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको पनि उपत्यका अपराध अनुसन्धान शाखाले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot