Logo

ढाकाकुमारले दिएको रिटमा आज सुनुवाइ हुँदै, सांसदमा पुनर्वहाली होलान ?



काठमाडौं, वैशाख २५ । निलम्बनमा परेकाा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।

श्रेष्ठले सांसद पद पुनर्वहाली हुनुपर्ने मागसहित दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेपनि सभामुख देवराज घिमिरेले भने सांसदबाट हटाइएको सूचना संसदमा पढेर सुनाइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot