Logo

थाइल्यान्डमा संसदीय निर्वाचनअघि प्रारम्भिक मतदान



बैङ्कक, २५ वैशाख । थाइल्यान्डमा मे १४ मा हुने संसदीय निर्वाचनअघि आइतबार प्रारम्भिक मतदान भएको छ । निर्वाचन आयोगका अनुसार २२ लाखभन्दा बढी थाईहरूले तोकिएका मतदान केन्द्रहरूमा चाँडै मतदान गरेका छन् ।

आइतबारको मतदान ७० प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको निर्वाचन आयोगका महासचिव सावेङ बुनमीले बताएका छन् । दुई मतपत्र प्रणाली अन्तर्गत संसदीय निर्वाचनले प्रतिनिधिसभाका लागि ५ सय सदस्य निर्वाचित गर्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot