Logo

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै



काठमाडौं, वैशाख २६ ।  संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। आज राष्ट्रिय सभाको बैठक बिहान १०ः३० बजेबाट शुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ।

आजको बैठकमा सरकारले गत आईतवार प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ। सोमवारबाट शुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुनेछ।

वैशाख २७ गते भने सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरले संसदमा उठाएका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा जवाफ दिने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot