Logo

तातिए माधव नेपाल, वामदेवसँग एकताको लागि छलफल



काठमाडौं, २६ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच पार्टी एकता गर्नेबारे छलफल भएको छ । अध्यक्ष नेपाललाई भेट्नको लागि वामदेव एकीकृत समाजवादीको पार्टी कार्यालय, आलोकनगर पुगेका थिए ।

पछिल्लो समय दुई दलबीच एकताको लागि गृहकार्य भैरहेको चर्चा छ । यही चर्चाको बीचमा नेताहरु आज छलफलमा जुटेका हुन् । उक्त भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot