Logo

ज्युँदा सहिद कायस्थको निधन



काठमाडौं, वैशाख २८ । ज्युँदा सहिद मुकेश कायस्थको निधन भएको छ । बनेपा स्थित शीर मेमोरियस अस्पतालमा उनको निधन भएको मुकेश कास्यथ प्रतिष्ठान अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

उनको आज अन्तिम संस्कार गरिने अध्यक्ष शर्माले जानकारी दिए । विसं २०६२–०६३ को जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो । गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो ।

गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे।

 



प्रतिक्रिया दिनुहोस्