Logo

टोपबहादुरजीले इन्तु-किन्तु-परन्तु नभनीकन अनुसन्धानमा सघाउनुपर्छ : सूर्य थापा



काठमाडौं, २८ वैशाख । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले पार्टीका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझीले भयानक गल्ती गरेको बताएका छन् ।
‘टोपबहादुरजी चारपटक देशको सांसद, पटकपटक मन्त्री, उपप्रधानमन्त्री र पार्टीको पदाधिकारी भइसकेको व्यक्ति हो । उहाँले टाढा गएर कानुनको सामना नगरीकन निष्कर्षमा पुग्छु भन्ने ठान्नुभएको छ भने त्यो भयानक गल्ती हो । अहिले म बिरामी छु भनेर संसदमा पत्राचार गर्नुभएको सुनिन्छ । उहाँले इन्तु किन्तु परन्तु भनेर अनुसन्धान प्रक्रियाबाट भाग्न, फरार हुन वा अनदेखा गर्न मिल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
एमाले भ्रष्टाचारीलाई कारबाही गर्न सदैव तयार रहेको पनि थापाले बताए । नउले भने, ‘टोपबहादुरजीले अर्घाखाँचीबाट भैरहवा हुँदै काठमाडौं आएर आफ्ना कुरा पत्रकार सम्मेलन गरेर राख्नुपर्थ्र्यो र आफूलाई प्रहरीसमक्ष प्रस्तुत हुनुपथ्र्यो । त्यो नगरेपछि उहाँलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको नालायकी र असफलता देखिएको पनि सांसद थापाले औंल्याए । उनले भने, ‘नेपाल इन्टरपोलको सदस्य हो । टोपबहादुरजीलाई संसारको जुनसुकै कुनाबाट भए पनि खोजेर ल्याउन सक्नुपर्थ्र्यो । यसमा सरकार नालायक र असफल भएको छ । गृहमन्त्री प्रचारमुखी हुनुभएको छ । आफू भ्रष्टाचारको आहालमा डुबेर कसैलाई छाड्छौं वा नछाड्दैनौं भन्नुको कुनै अर्थ छैन । बाहिर एकथोक भनिरहनुभएको छ, भित्र के गरिरहनुभएको छ ? कानुनको नजरमा बालकृष्ण खाँड र सन्दिप रायमाझी समान होइनन् ?’



प्रतिक्रिया दिनुहोस्