Logo

पूर्वराजाको सक्रियता बढ्दै



काठमाडौं, वैशाख २९ । पूर्वराजा ज्ञानेन्द्र शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेसँगै नयाँ तरंग सिर्जना भएको छ । नेपालमा हिन्दूराष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको विषयमा बोल्दै आएका योगीसँगको भेटले नेपाली राजनीतिमा आशंका सिर्जना गरेको छ ।

पूर्वराजा शाह केही समयदेखि नेपालगन्जको सोल्टी होटलमा बस्दै आएका थिए । उनी करिब १ महिना नेपालगन्जमै बस्ने कार्यक्रम रहेको बताइन्छ ।

एक हप्ताअघि नै उनी लखनउ पुगेका थिए । नेपालगन्जबाट २(३ घन्टाभित्र नै लखनउ पुगिन्छ । पूर्वराजा शाह र मुख्यमन्त्री आदित्यनाथबीचको भेटको विषयमा शाहका संवाद सचिव फणिराज पाठकले विज्ञप्ति निकालेका छन् । छलफल समसामयिक विषयमा केन्द्रित रहेको उल्लेख छ ।

पछिल्लो समय शाहका भारत भ्रमण बाक्लै हुन थालेको छ । योगी आदित्यनाथले खुला रूपमा नेपालका विषयमा धारणा राखेका कारण पनि यी दुईबीचको भेटमा राजनीतिक गन्ध देखिन्छ ।

राजाको यो भ्रमणलाई निजी भन्न नमिल्ने बताउँछन् राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल । ‘प्रत्यक्ष शासन गरेको व्यक्तिको भ्रमण भेटघाट सार्वजनिक विषय बन्छ । त्यसैले निजी भ्रमण भनेर भन्न मिल्दैन,’ उनले भने । पूर्वराजा शाहले पछिल्लो समय आफ्ना सीमितता तोड्दै गएको विश्लेषण हुन थालेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot