काठमाडौं, २९ बैशाख । कृषि वैज्ञानिकको रूपमा परिचित मदन राईले यौन शिक्षा अभियान यौन हिंसा लागे आफूलाई मृत्युदण्ड स्विकार्य रहेको बताएका छन् । उनीमाथि आफैंले खोलेको शुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको तथ्यहरू सेतोपाटीले सार्वजनिक गरेको थियो ।
सो समाचारलगत्तै राईले फेशबुकमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले भनेका छन्-
यौन र श्रम शिक्षा अभियान हो मेरो हाम्रो।यौन हिंशा र श्रम शोशन होइन हाम्रो।अब बहस गर्ने सहि समय आकोछ। सबैले आआफ्नो ठाउँबाट थालौं र हिंशा,अपराध,गरिबी,बेरोजगार,रोगी,निरास,प्रकृतिको बिनासबाट बचौं बचाउँ। मैले गरेको यौन शिक्षा अभियान यौन हिंशा लागे मलाई मृत्युदण्ड स्वीकार्यछ।
राईलाई कडाभन्दा कडा कारबाही गर्न सिजपले विज्ञप्ती निकालेर माग गरेको छ ।