Logo

निजामती अस्पतालको सेटिङ धन्दाः महँगा परीक्षण गर्न बाहिर पठाइन्छ र कमिसन असुलिन्छ



काठमाडौं, वैशाख ३१ । सेटिङमा करोडौं मूल्यका मेसिनहरू खरिद गरी ती मेसिनहरू प्रयोगविहीन बनाउँदै आइरहेको निजामती अस्पतालले विभिन्न परीक्षण सेवामा समेत सेटिङ गर्दै कमिसन खाँदै आइरहेको पाइएको छ ।

निजामती अस्पतालले १० करोड बढीका बिगे्रका मेसिनहरू खरिद गरी त्यसै थन्काउँदै आएपछि त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर छानबिन थालिरहेको छ । अख्तियारले छानबिन थाल्दा पनि अस्पातलको अन्य सेटिङ धन्दामा भने कमी आएको छैन ।

अस्पताल प्रशासनले विभिन्न महँगो शुल्क लाग्ने परीक्षणको काम रोकेर बिरामीलाई बाहिर पठाउन बाध्य पार्दै आइरहेको छ । महँगा परीक्षण गर्न र औषधी लिनसमेत बाहिर जानुपर्ने बाध्यता भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । अस्पताल प्रशासनले सेटिङमा नै कतिपय महँगा परीक्षण गराउन सेवाग्राहीलाई बाहिर जानुपर्ने अवस्था सिर्जना गरिदिने गरेको छ । अस्पतालले सेवा प्रवाहमा समेत गम्भीर लापारबाही र मनपरी गर्दै आइरहेको पीडित कर्मचारी र सर्वसाधारणले बताएका छन् ।

अस्पतालमा सम्भव हृँदाहुँदै पनि महँगा परीक्षणका लागि सेवाग्राहीलाई बाहिर जान बाध्य बनाएर त्यसमा पनि कमिसन खाने गिरोहहरू अस्पतालभित्रै सक्रिय रहेको स्रोतको दाबी छ । सेटिङ धन्दा मौलाउँदा विकट र दुर्गमबाट उपचार गर्न आउने कर्मचारीहरूले सहज र भरपर्दो सेवा पाउन नसकेको भन्दै गुनासो गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्