काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भविष्यको योजनामा काम गर्ने पार्टी कहिलै पुरानो नहुने बताएका छन्।
सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै उनले अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको बताउँदै भविष्यको काम गर्ने पार्टी कहिल्यै पुराना नहुने तर्क गरेका हुन्।
पोखरेलले नयाँ हुनेबित्तिकै स्वतः विकल्प हुने, राम्रो र सफल हुन्छ भन्ने नहुने बताएका छन्। यथास्थितिको दुश्चक्र तोड्नका लागि सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ता आवश्यक पर्ने उनको तर्क छ।
‘मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन सक्तैन’, आफ्नो पार्टीको बखान गर्दै उनले लेखेका छन्’, ‘यो निरन्तर गतिशिल प्रवाहमा अघि बढ्ने गर्दछ ।
पार्टीको मिसन ग्रासरुटले नयाँ गतिको आधार सिर्जना गरेको र एकीकृत शक्ति निर्माणको जग तयार गरेको महासचिव पोखरेलको भनाइ छ।