काठमाडौं, जेठ २ । आज एकै समयमा प्रतिधिसभाको १० वटा संसदीय समितिको बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकहरुमा प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको संसद् सचिवालयले जानकारी दिएको छ ।
संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार समितिका सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षता समितिका ज्येष्ठ सदस्यले गर्नेछन् ।
प्रतिनिधिसभाअन्र्तगत राज्यव्यवस्था तथा सुशासन, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा समिति रहेका छन् ।
संसद्का काम कारबाहीलाई व्यवस्थित रूपले सम्पादन गर्न संसदीय समिति प्रणाली विकसित भएकाले सभाका कामलाई सघाउने गर्ने गरेको छ ।
मुलुकका प्रमुख राजनीतिक दलबीच कुन समितिको नेतृत्व कसले पाउने भन्नेमा मोटामोटी सहमति भइसकेको छ । विगतदेखिकै अभ्यासअनुरूप सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दलले प्राप्त गर्दै आएको छ ।