Logo

मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसको अवसरमा पूर्वराष्ट्रपतिद्वारा वृक्षरोपण



काठमाडौं जेठ ३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन्। मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिका पुगेर सालिकमा माल्यार्पण गरेकी हुन्।

स्मृति दिवसकै अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी छिन्। उद्यानमा उनले स्वामीको बिरुवा रोपेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत अवलोकन गरेकी छन् । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।

एमाले र नेकपा (एकीकृत समाजवादी) ले आज विभिन्न कार्यक्रम गरी ३०औँ मदन–आश्रित स्मृति दिवस मनाइँरहेको छ । file photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot