Logo

एमाले अध्यक्ष ओलीले आज संसदमा सम्बोधन गर्ने



काठमाडौं, जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नु हुने भएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएपछि ओलीले नीति तथा कार्यक्रमलगायतका विषयमा बोल्ने बुझिएको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई निकास दिन नसक्ने ठहर गर्दै एमाले संसदीय दलले नीति तथा कार्यक्रम पारित गर्न नदिने निर्णय गरिसकेको छ ।

ओलीले आइतबार नीति तथा कार्यक्रमबारे एमालेको थप धारणा राख्ने बुझिएको छ । यस्तै,ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि बोल्नसक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्