Logo

सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थ लुकाउन खोजेको ओलीको आरोप (भिडिओसहित)



काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशको असामान्य अवस्था लुकाउन खोजेको आरोप लगाएका छन् । सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो आरोप लगाएका हुन् । उनले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको टिप्पणी गरेका हुन् । उनले भने,‘लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ ।’

उनले नीति तथा कार्यक्रम भनेको सरकारको गन्तव्य नै मार्गचित्र भएकोले अहिले त्यस्तो नीति तथा कार्यक्रम नआएको जिकिर गरे । ओलीले थपे–‘जनआकांक्षाको सम्बोधन र सरकारको गन्तव्य नै मार्गचित्र नै नीति तथा कार्यक्रम हो। एमालेको निर्णायक पहलमा सात दलको प्रधानमन्त्रीको प्रस्तावमा नियुक्त हुनुभएको प्रधानमन्त्रीज्यू ! भलै दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो। मुटु प्रत्यारोपण भइसकेपछि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रम को समर्थन गर्ने प्रयासका साथ मैले सुने र पढे। तर, नीति कार्यक्रम के उद्देश्य र गन्तव्यको लागि आएको छ ? मैले पहिल्याउने कोसिस गरे। तर, त्यस्तो छैन।’



प्रतिक्रिया दिनुहोस्