Logo

प्रचण्डको तारिफ गर्दै विप्लवले भने–प्रचण्ड कमरेड नभएको भए जनयुद्ध हुँदैन थियो



काठमाडौं, ८ जेठ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रचण्ड नभएको भए देशमा जनयुद्ध सम्भव हुने थिएन भन्ने दाबी गरेका छन् । हिजो (आइतबार) काठमाडौंमा आयोजित १४औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले पनि प्रचण्डलाई माओवादीजस्तो भएर काम गर्न सुझाव दिए ।

उनले भने,‘अहिले कमरेड प्रचण्ड सत्तामा हुनुहुन्छ, उहाँ हाम्रो नेता पनि हो । हामीले भनेका छौं र समय आएको छ, हामीले उहाँलाई भनेका पनि छौं, तपाईं क्याबिनेटमा प्रस्ताव गर्नुहोस, हामी रत्नपार्कमा समर्थनमा जुलुश निकाल्छौं नि । हामी गर्न तयार छौं नि, हामी हरेक मोर्चामा सरकारलाई साथ दिन तयार छौं ।’ उनले आफूहरु दलित, महिला, श्रमिक, सुकुम्बासीहरुको पक्षमा जबरजस्त उभिने बताए ।

उनले प्रधानमन्त्री प्रचण्ड अब एकपटक माओवादीजस्तो बन्नुपर्ने सुझाव दिए । उनले भने,‘उहाँ बन्नुहुन्छ, हामीलाई विश्वास छ । यो भनेको कुनै आलोचनाको कुरा होईन । हामीले भन्थ्यौं की प्रचण्ड नभएको भए जनयुद्ध हुँदैन थियो । आज मान्छेले जति गफ चुटेपनि केही होईन । साँचो कुरा के हो भने प्रचण्ड कमरेड नभएको भए जनयुद्ध हुँदैन थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot