Logo

एमालेसँग सहमति नजुटेपछि संसद् बैठक ६ बजेसम्मको लागि स्थगित



काठमाडौं,१२ जेठ । प्रतिनिधिसभाको बैठक पुनः तेस्रो पटक सरेको छ ।

आज विहान ११ बजे बसेको बैठकमा नेकपा एमालेले नारावाजी गर्दै, अवरोध गरेपछि २० मिनेटका लागि बैठक स्थगित भएको थियो ।

बैठक स्थगित गरेर दलका प्रमुख सचेतकसँग छलफम थालेका सभामुख देवराज घिमिरेले अहिले दलहरुबीच सहमती जुटाउने प्रयास गरिरहेका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्तिलाई लिएर एमालेले आजको बैठक अवरोध गरेको हो ।

माओवादी केन्द्रका सांसद दाहालले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने एमालेको माग रहेको छ ।
माओवादी केन्द्रका सांस दाहालले भने आफुने कुनै संसदीय मर्यादा उलंघन नगरेको दावी गर्दै माफी माग्न अस्वीकार गरेका छन् ।

सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा बैठक साँझ ६ बजेसम्म स्थगित भएको संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot