Logo

नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला नगरौ : बाबुराम



काठमाडौं, जेठ १३। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपतिबाट नागरिकता विधेयक जारी गर्न र रेशम चौधरीलगायतका नेताहरूलाई संविधान बमोजिम आममाफी दिन ढिला गर्न नहुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले चौधरीलाई आममाफी दिन र नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी हुनुपर्ने जनाएका छन् ।

भट्टराईले ट्वीटमा लेखेका छन्, रेशम चौधरी लगायतका टिकापुर थारु विद्रोहका नेताहरुलाई संविधान–कानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाह दिन र हजारौंका संख्यामा नागरिकिताविहिन रहेका जन्मसिद्व बुवाआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विद्येयक राष्ट्रपतिबाट छिटो जारी गर्न अव कुनै किन्तु परन्तु नगरौ । लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यत जनतालाई न्याय र समानताको प्रणाली हो भन्ने नभुलौं ।
शुक्रबारको मन्त्रिपरिषद् बै



प्रतिक्रिया दिनुहोस्