Logo

गणतन्त्र सोह्रौँ वर्षमा



काठमाडौं, जेठ १६ । मुलुकमा गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भई १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी आज देशव्यापी रूपमा गणतन्त्र दिवस मनाइँदै छ ।

मुलुकको शासन व्यवस्थामा नै आमूल परिवर्तन भई गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको दिनको अवसरमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

विसं २०६२/६३ को जनआन्दोलनको जगमा गठन भएको जननिर्वाचित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र घोषणासँगै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको शुभारम्भ भएको थियो भने करिब अढाई सय वर्षको इतिहास बोकेको शाहवंशीय राजतन्त्रको बिदाइ भएको थियो ।

विसं। २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रद्वारा २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरिएको थियो भने विसं २०६३ जेठ ४ गतेको संसद्को बैठकले राजसंस्थालाई निलम्बन गरेको थियो । त्यसै गरी सो बैठकले तत्कालीन सशस्त्र आन्दोलनरत माओवादीलाई शान्ति प्रव्रिmयामा ल्याई संविधान सभाको निर्वाचन गर्ने सङ्कल्प प्रस्तावसमेत पारित गरेको थियो ।

यसै राजनीतिक जगमा २०६४ चैत २८ गते पहिलो संविधान सभा निर्वाचन भएको थियो । सोही संविधान सभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । त्यसै गरी २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी ग(यो ।

यसैबिच गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताहरूलगायतले देशवासीलाई शुभकामना व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot