Logo

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका उद्देश्य र प्राथमिकता (सूचीसहित)



काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ।

सोमबार संघीय संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका हुन्।

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेटका उद्देश्य र प्राथमिकता निम्न प्रकार रहेको उल्लेख गरेका छन् :

बजेटका उद्देश्य :

क.अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने,

ख.गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने,

ग.लगानी मैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोवल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने,

घ.समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने,

ङ.संघीयताको सवलीकरण र सुशासन कायम गर्ने,

च.बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने।

बजेटका प्राथमिकताहरू :

क.कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास,

ख.लगानी प्रवर्द्धन, औद्योगिक विकास र व्यापार सन्तुलन,

ग.सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा,

घ.गुणस्तरीय भौतिक पूर्वाधार निर्माण,

ङ.डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन,

च.वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन,

छ.मानव संसाधन विकास र रोजगारी सिर्जना,

ज.वित्तीय क्षेत्र सुधार,

झ.वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार,

ञ.सार्वजनिक वित्त प्रणालीमा सुधार।



प्रतिक्रिया दिनुहोस्

Screenshot