Logo

सामुदायिक विद्यालयको दिवा खाजा कार्यक्रमले पायो निरन्तरता



काठमाडौं, १५ जेठ । सरकारले सामुदायिक विद्यालयको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सामुदायिक विद्यालयकाृ दिवा खाजाको लागि आठ अर्ब ४५ करोड विनियोजन गरिएको बताए । खाजामा जङ्कफुढडको प्रयोगलाई सरकारले प्रतिबन्ध लगाएको छ ।

‘सामुदायिक विद्यालयको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन आठ अर्ब ४५ करोड विनियोजन गरेको छु । दिवा खाजामा जङ्कफुड दिन नपाईने व्यवस्था गरिएको छ,’– बजेटमा भनिएको छ ।

स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएका पौष्टिक आहार उपलब्ध गराउने व्यवस्था मिलाइने बताइएको छ । सरकारको यो कार्यक्रमबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot