Logo

भारतीय ग्राहकले सानिमा बैंकको फोन–पे मार्फत अन्तरदेशीय भुक्तानी गर्नसक्ने



काठमाडौं, २६ बैशाख । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ ।

उक्त सहकार्यअन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपिएमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्युआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकले विश्वास लिएको छ । सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा ए.टि.एम. सञ्जाल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot