Logo

प्रचण्डलाई बास्कोटाको प्रश्न, ‘गेरू रंग प्रभुको ईच्छा कि पूर्वीय जीवनदर्शन र सांस्कृतिको बोध ?’



काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गेरु रंग प्रभुको इच्छा कि पूर्वीय जीवनदर्शन र संस्कृतिको बोध हो ? भनी प्रश्न गरेका छन् ।

छिमेकी देश भारतको भ्रमणमा रहेका प्रचण्डले मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेपछि बास्कोटाले यस्तो प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले गेरु बस्त्र लगाएर एक सय आठ किलो रुद्राक्षसमेत महाकालेश्वर मन्दिरमा चढाएका थिए । प्रचण्डको आलोचना गर्दै बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्,– वाह! क्या चेन्ज आएछ।हिजो हिजो रातैरातो,आज गेरू रंग। सिद्धान्तको रंग खैरो जीवनको रंग हरियो भन्थे मदनले । प्रभुको ईच्छा वा पूर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोध ? समयले थप बताउला।’



प्रतिक्रिया दिनुहोस्

Screenshot