Logo

संसद् भवनमा ओलीको गर्जन : राष्ट्रिय स्वाभिमानको रक्षापछि संसद्को गतिरोध सेटल हुनेछ



काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुने स्पष्ट पारेका छन् । एमाले, राप्रपा र रास्वपाले आज सदन अवरुद्ध पारेका छन् । उनीहरुले नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलगायतका विषयमा सदन अवरुद्ध पारेका हुन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा ओलीले भने,‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि सेटल हुनेछ ।’ एमालेलगायतका विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना गरेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot