Logo

संसद्मा ओलीको २ घण्टा लामो प्रवचनप्रति रास्वपा सांसद श्रेष्ठ दिक्क !



कमल बुढाथोकी काठमाडौं,२३ जेठ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । आजको बैठकमा सांसदहरुले आगामी वर्षको विनियोजित बजेटमाथि आ-आफ्नो धारणा राखिरहेका छन् ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका हैसियतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भनाई राखे । ओली तीनै नेता हुन्  जसलाई लामो समयसम्म भाषण गर्न मन पर्छ । उनी धाराप्रवाहाका साथ हरेक कार्यक्रममा आफ्नो वक्तव्य प्रस्तुत गर्छन् ।

सरकारकले गत जेठ ५ गते संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रममाथि झण्डै साढे २ घण्टा लामो टिप्पणी गरेका ओलीले अधिकांश समय सरकारको आलोचना र कमजोरी औंल्याउन नै खर्च गरेका थिए । उक्त दिनको संसद्मा दिएको अभिव्यक्तिप्रति सत्तापक्षका सांसद्हरुले कटाक्क्ष्य गर्दै हेडमास्टरले प्रवचण दिएको भन्दै टिप्पणी गरेका थिए ।

आफ्नै पार्टीका होस् वा विपाक्षीका सबैको आलोचनालाई सहजरुपमा लिने तीनै आलीले आजपनि संसद्मा २ घण्टा लामो प्रवचन दिएका छन् ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट सार्वजनिक हुनु अघिल्लो रात अनधिकृत व्यक्तिलाई मन्त्रालयमा भित्राएर करका दर हेरफेर गर्दै निश्चित घरानालाई फाइदा पुर्याएको समचार सार्वजनिक भएपछि प्रतिपक्षका सांसदहरुले असन्तुष्टि जनएपछि विहान ११ बजेका लागि बोलाइएको बैठक २ बजेमात्रै बस्न सकेको थियो ।

बैठकको सुरुवातमै प्रतिपक्षका सांसदहरु र अर्थमन्त्री डा. महतबीच सवाल जवाफ भएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिपक्ष दलका नेताको हैसियतमा ओलीलाई बोल्न समय उपलब्ध गराएका थिए ।

सभामुखले समय दिएपछि रोष्ट्रममा उक्लिएका ओलीले अर्थमन्त्री महतमाथि दर्जन प्रश्न तेर्साउँदै आफ्नो भाषण अगाडि बढाए । बोल्दै जाँदा १ घण्टा ५८ मिनेट समय व्यतित गरेका ओलीले सरकारसँग वर्षौ अघिदेखिको आफ्नो कुण्ठा पोख्दै दर्जनौ प्रश्न गरे । बजेटमाथि धारा-प्रवाहाका साथ फेहरिस्त वाचन गर्दा प्रतिपक्षकै सांसदहरुले नै असन्तुष्टि व्यक्त गरे ।

संसद्मा ओलीले प्रवचन दिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले दिक्कमान्दै एक ट्वीट गरिन् । उनले ट्टिटमा आफु ओलीको भाषणले वाक्क भएको बताउँदै यसरी असिमित समय उपलब्ध गराउँदा बैठक अनुत्पादक भएको टिप्पणी गरेकी थिईन् ।

ओलीलगत्तै आफ्नो धारण राखेका कांग्रेस नेता विमलेन्द्र निधिले पनि ओलीलाई व्यंग्य गर्दै ओलीको भाषण सुन्दा आफ्नै दलका सांसद निदाएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot