Logo

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक



काठमाडौं, १५ जेठ । निर्वाचन अयोगले छलफलका लागि राजनीतिक दललाई बोलाएको छ । आयोगले संघीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व रहेका दलहरुलाई भोलि (शुक्रबार) साढे ११ बजे छलफलका लागि बोलाएको हो ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार जिल्ला निर्वाचन कार्यालय खारेज, आयोगले तर्जुमा गरेको निर्वाचन कानुन विधेयक, मदतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी साउनदेखि मतदाता नामावलीमा समेट्ने र राजनीतिक दलहरूको लेखापरीक्षण सम्बन्धमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot