Logo

कालिकोटमा जीप दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु



काठमाडौं,२५ जेठ । कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रास्कोट नगरपालिका २ सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना भएको हो ।

ग ३ च ४६१० नम्बरको जीप दुर्घटना हुँदा रास्कोट नगरपालिका १ का ४३ वर्षीय मोनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको भने २२ वर्षीया रिता शाही गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जीप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाने क्रममा जीप न्युट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी माझीको भनाइ छ । चालकलाई नियन्त्रण लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot