Logo

जोकोभिचले जिते २३ औं ग्रान्डस्लाम उपाधि



काठमाडौं, जेठ २९। नोभाक जोकोभिचले करियरको २३ औं ग्रान्डस्लाम टेनिस उपाधि जितेका छन् । आइतबार समपन्न फ्रेन्च ओपनको फाइनल खेलमा जोकोभिचले क्यास्पेर रुडलाई सीधा सेटमा हराएका हुन् । उनले सो खेल ७–६, ६–३, ७–५ ले जितेका हुन् ।

योसँगै जोकोभिच मेन्स सिंगल्समा सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने खेलाडीसमेत बनेका छन् । उनको पछिल्लो सफलताले २२ ग्रान्डस्लाम उपाधि जितेका स्पेनका राफायल नाडाललाई समेत पछि पारेका छन् । उपाधिसँगै जोकोभिचले महिला खेलाडी सेरेना विलियम्सको कीर्तिमानसँग बराबरी गरेका छन् ।

ग्रान्डस्लाम उपाधि सर्वाधिक जित्ने कीर्तिमान महिला खेलाडी मार्गारेट कोर्टको नाममा छ । उनले २४ ग्रान्डस्लाम उपाधि जितेकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot