Logo

नेपाल सहभागी एसिया कप-२०२३ को मिति तय,पाकिस्तान र श्रीलंकामा खेल हुने निश्चित



काठमाडौं,३२ जेठ । अन्ततः एसिया कप क्रिकेट-२०२३ को मिति र स्थान तय भएको छ ।
भारत र पाकिस्तानको राजनीतिक खिचातानीको चेपुवामा परेर अन्यौलमा देखिएको खेल अन्ततः हाइक्रिड मोडलेमा हुने तय भएको छ ।

एसीसीले बिहबिार एक विज्ञप्ति जारी गर्दै आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा एसिया कप आयोजना हुने जानकारी गराएको हो ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसँगै नेपाल सहभागी हुने प्रतियोगितामा कुल १३ एकदिवसीइ अन्तर्राष्ट्रिय (ओडीआई) खेल हुनेछन्।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर शीर्ष दुईले सुपर फोरुमा स्थान बनाउनेछन्। सुपर फोरबाट शीर्ष दुई टिमले फाइनल यात्रा तय गर्नेछन् ।

नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ । यस्तै अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

नेपाल घरेलु मैदानमा भएको एसीसी पुरुष प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै एसिया कपमा छनोट भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot