Logo

पृथ्वीमा ९० किलोको मानिसको तौल चन्द्रमामा १५ किलोमात्रै, यस्तो छ कारण



काठमाडौं, १ जेठ । चन्द्रमामा जाँदा तपाईँले महशुस गर्नु हुने सबैभन्दा ठूलो परिवर्तन पृथ्वीको तुलनामा तपाईँको तौल हुनेछ । हो, चन्द्रमामा गएपछि तौल कम भएको महशुस हुनेछ । तर, किन ?

अन्तरीक्ष रहस्यले भरिएको छ, जसलाई पत्ता लगाउन वैज्ञानिकहरु दिनरात खटिरहेका छन् । यसमा पृथ्वीका छिमेकी ग्रहहरु चन्द्रमा र सूर्य पनि समावेश छन् । मानिस आप्mनो बुद्धि र विज्ञानको आधारमा चन्द्रमामा पुग्न सफल भएको हो । विश्वभरका वैज्ञानिकहरु पृथ्वीको यस उपग्रहसँग सम्बन्धित खोज अनुसन्धानमा व्यस्त छन् । सन् १९६९ मा चन्द्रमामा मानिसले पहिलो पाइला टेकेका थिए ।
चन्द्रमामा गएपछि तौल यति धेरै कम भएको महशुस हुनेछ, जुन तपाईले कहिल्यै कल्पना नगरेको हुनसक्छ । चन्द्रमामा मानिसको तौलमा के–के परिवर्तन हुन्छ र त्यहाँ पुगेपछि तपाईको तौल कति रहन्छ त ?

चन्द्रमामा तपाईको तौल पृथ्वीमा रहेको तपाईको तौलको तुलनामा १ देखि ६ भाग अर्थात पृथ्वीमा कसैको तौल ८४ किलो छ भने चन्द्रमामा उसको तौल त्यसको ६ औं अर्थात १४ किलो मात्र हुन्छ । यो थाहा पाएपछि तपाईको मनमा यो प्रश्न अवश्य आउँछ कि यो कसरी हुन्छ ? वास्तवमा यसको पछाडि एक वैज्ञानिक कारण छ ।

वास्तवमा, यो सबै गुरुत्वाकर्षणको खेल हो । चन्द्रमाको गुरुत्वाकर्षण प्रवेगको मूल्य पृथ्वीको मूल्यको १.६ भाग हो । यसकारण त्यहाँ एक व्यक्तिको वजन पृथ्वीमा कूल वजनको १.६ भाग हो । अर्थात चन्द्रमामा तपाईले पृथ्वीको तुलनामा ६ गुणा भारहीनता महशुस गर्नुहुनेछ । यस्तो होइन कि चन्द्रमामा पुगेपछि शरीरबाट केही कम हुन्छ, त्यसैले तौलपति कम हुन्छ । वास्तवमा भार र तौल दुई चिज हुन् । वजन एक प्रकारको बल हो । चन्द्रमामा पुगेपछि तपाईको तौल उस्तै रहनेछ तर तौल घटेको महशुस हुनेछ । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot