Logo

नवनियुक्त कार्कीको शपथ आज



काठमाडौं, १ असार । हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त भएका छन्।

उनको नाम प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गरेका छन्।

आजै नियुक्त भएका कार्कीलाई राष्ट्रपति पौडेलले अपरान्ह ५ बजे राष्ट्रपति कार्यालयलमा शपथ खुवाउने तयारी गरेका छन्।

संयोगवश वर्तमान राष्ट्रपति पौडेललाई शपथ खुवाएका कार्कीलाई अहिले राष्ट्रपति पौडेलले कार्कीलाई शपथ खुवाउदै छन्।

संविधान अनुसार राष्ट्रपतिको शपथ ग्रहण प्रधानन्यायाधीशबाट हुन्छ भने प्रधानन्यायाधीशको शपथ राष्ट्रपतिले गर्ने ब्यवस्था रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot