Logo

सङ्खुवासभामा बाढीको वितण्डा : एक जनाको शव फेला, १६ मजदुर बेपत्ता (फोटोफिचर)



सङ्खुवासभा, असार ३ । सङ्खुवासभामा अविरल बर्षा कारण गएराती हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।

जिल्लाको चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो । थुनिएको खोला एक्कासि खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको छ । बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पुगेको छ ।

उक्त परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेका छन भने निर्माण समाग्री, मेसिन बाढीले बगाएको छ । बाढीमा सम्पर्क विहीन भएकाहरूको अवस्था अज्ञात छ । बाढीले पक्की मोटरेवल पुल बगाएको छ ।
फोटोः समाजिक सञ्जालबाट



प्रतिक्रिया दिनुहोस्