Logo

सिंहदरबारमा बत्ति जाँदा कृषि मन्त्रालयको लिफ्टमै एक कर्मचारी १५ मिनेट अड्किए



काठमाडौं, ५ असार । पछिल्लो समय काठमाडौं उपत्यकामा लोडसेडिङ बढेको छ । झ्याप्प झ्याप्प बत्ति जाने भैरहेको छ । आज पनि सिंहदरबार र अनामनगर क्षेत्रमा एक घण्टाभन्दा बढि समय बत्ति गएको थियो ।

बत्ति गएको कारण सिंहदरबरको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिफ्टमा एक कर्मचारी १५ मिनेटभन्दा बढि समय अड्किएका थिए । त्यतिवेला उनी निकै अत्तालिएका थिए ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा नै बत्ति गएपछि देशको अन्य ठाउँमा के होला ? भन्ने प्रश्न उठेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा पनि लोडसेडिङ अत्यधिक बढेको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot