Logo

एकनाथ ढकालद्वारा गोरखाको पर्यटन विकासको लागि सरकारको ध्यानाकार्षण (भिडिओसहित)



काठमाडौं, ६ असार । नेपाल परिवार दलका अध्यक्ष तथा सांसद एकनाथ ढकालले ऐतिहासिक गोरखा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला भएको उल्लेख गर्दै गोरखाको पर्यटनको विकासको लागि सरकारको ध्यानाकार्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद ढकालले गोरखा सबै हिसाबले ऐतिहासिक र महत्वपूर्ण जिल्ला भएको भन्दै यसको विकासको लागि सरकारले पर्याप्त ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले भने,‘संसारको पाँचौं अग्लो हिमाल मनास्लु पनि यहीँ पर्छ । नेपाल एकीकरण गर्ने राजा पृथ्बीनारायण शाहदेखि पहिलो शहिद लखन थापामगर र पहिलो प्रधानमन्त्री भीमसेन थापादेखि अहिलेका प्रधानमन्त्री प्रचण्डजी पनि त्यहीँ (गोरखा) बाट प्रतिनिधित्व गर्नुहुन्छ । मनकामनादेखि गोरखकाली मन्दिरसम्म धेरै ऐतिहासिक महत्वका स्थलहरु छन् । गोरखाका पूरातात्विक महत्वलाई ध्यान दिँदै समष्टिगत रुपमा गोरखाको पर्यटनको विकासको लागि सरकारको ध्यानाकार्षण गराउन चाहन्छु । धन्यवाद ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot