Logo

साफ च्याम्पियनसिप-कुवेतविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक



काठमाडौं,६ असार । साफ च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलका लागि बलियो टिम कुवेतविरुद्ध मैदानमा उत्रन लागेको नेपालले आफ्नो टिमको सुरुवाती ११ सार्वजनिक गरेको छ ।

भारतको बैगलोरस्थित श्री कान्तिभरा स्टेडियममा हुने खेल पौने ४ बजे सुरु हुनेछ। साफमा कठिन समुहमा रहेको नेपाल सुखद नतिजाको खोजीमा छ।
नेपाल यो पटक भारत, पाकिस्तान र कुवेत रहेको कठिन समुहमा छ।

नेपालको सुरुवाती ११ मा
नवयुग श्रेष्ठ, मनिष डाँगी, अञ्जन विष्ट, लकेन लिम्बु, पुजन उपरकोटी, एरिक विष्ट, विमल घर्तिमगर, रोहित चन्द, अनन्त तामाङ, सनिष श्रेष्ठ, किरण चेम्जोङ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot