Logo

आईपीएल : दिल्लीसँग राजस्थान पराजीत, आज हैदराबाद र लखनऊ भिड्दै



काठमाण्डौं, वैशाख २६ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ ।

गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई २० रनले हराएको हो । दिल्लीले दिएको २२२ रनको लक्ष्यमा राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो ।

जितसँगै १२ खेलमा १२ अङ्कसहित दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १६ अङ्कसहित दोस्रो स्थानमा छ । आईपीएलमा आज बेलुका पौने ८ बजे सनराईजर्स हैदराबाद र लखनऊ सुपर जाएन्ट्स भिड्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot