Logo

साफ च्याम्पियनसिप- नेपालविरुद्ध कुवेतको पहिलो गोल, नेपाल १-० ले पछाडि



काठमाडौं,६ असार । भारतमा जारी १४ औं साफ च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलमा बलियो टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो गोल खाएको छ ।

खेलको २२औं मिनेटमा कुवेतका कप्तान खलिद हजियाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् ।

नेपाल भन्दा निक्कै बलियो मानिएको कुवेतसँग हालसम्म नेपालले ९ पटक भिडिसकेको छ भने एकपटक गोलरहित बराबरी गर्नु बाहेक अन्य सबै खेलमा नेपालले पराजय बेर्होर्दै आएको छ ।

आज बलियो टोली कुवेतलाई हराउँदै इतिहास रच्ने नेपालको रणनीति रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot