Logo

पूर्वबैंकर अनिल केशरी शाह प्रशिक्षण विभागको जिम्मेवारीसहित रास्वपा प्रवेश



काठमाडौं, असार ७ । पूर्वबैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । शाह रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा रास्वपाको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीसहित राजनीतिमा प्रवेश गरेका हुन् । सभापति रवि लामिछानेले उनलार्ई पार्टीमा स्वागत गरे ।

गत वर्षको असार ७ गते रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भएको थियो । पार्टी स्थापनाको १ वर्ष पूरा गरेको अवसर पारेर रास्वपाले आज दिउँसो १ बजे चियापान आयोजना गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot