Logo

बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी



काठमाडौं, असार १२ । सत्तारुढ दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरेका हुन् । बुधबार असार १३ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ ।

‘मिति २०८० असार १३ गते विहान ११ बजे बस्ने प्रतिनिधि सभाको वैठकमा विनियोजित विधेयक २०८० निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तट्स्थ नरहन यो ह्विप जारी गरिएको छ ।’ प्रमुख सचेतक लेखकद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot