Logo

खुट्टाको नशा फुल्ने समस्या र रोकथामका उपायहरू



सविता सिंह ठकुरी : हाम्रो शरीरमा शिरा, धमनी र लसिका नामक रक्तनलीहरु रहेका हुन्छन् । रक्तनलीसँग सम्बन्धित समस्याहरुलाई भास्कुलर समस्या भनिन्छ । भास्कुलर समस्याअन्र्तगत हाम्रो शरीरको छालामा रहेका सतही रक्तनली जसलाई हामी शिरा भन्छौं । त्यो शिराहरु फुल्ने, बाउडिने, गाँठो पर्नु, तथा सुन्निने समस्यालाई भेरिकोज भेन भनिन्छ । सन् २०२१ मा गरिएको एउटा अध्ययन प्रतिवेदनअनुसार गह्रौं भारी बोक्ने व्यक्तिहरु र अरु सामान्य व्यक्तिहरुको तुलनामा भन्दा ५९.८ गुणा बढि भेरीकोज भेनको जोखिम रहेको हुन्छ ।

त्यसैगरी दिनमा पाचँ गिलास पानी पिउने व्यक्तिहरुमा पनि अन्य व्यक्तिको तुलनामा सात गुणा बढी भेरिकोज भेन हुने समस्या रहन्छ । खाना कम खाने र लामो समयसम्म उभिनाले यो समस्या देखिनसक्छ । उमेर समुहको कुरा गर्दा प्रायः १५ देखि ५५ वर्ष उमेरका व्यक्तिहरुमा यस्तो समस्या पाइएको छ भने, महिलाहरुमा बढि मात्रामा भेरीकोज भेनको समस्या पाइएको छ । विभिन्न कार्यक्षेत्रमा काम गर्ने व्यक्ति, सुत्केरी पछिका महिलाहरु, प्रहरी, डक्टर, वा खेलाडीहरुमा यस्ता समस्याहरु देखिएको पाइन्छ ।

खुट्टामा जटिल समस्या आउने, झम्झमाउने, बाउडिने, नशा फुटेर रगत बग्ने, चिलाउने र खुट्टामा कालो–कालो दाग देखापर्ने, नशा फुल्ने, भारी हुने जस्ता लक्षणहरु देखा परेका छन् । जुन भेनको फोहोर रगतले गर्दा हुन्छ । यो रोगको परिक्षणको लागि क्लिनिकल टेस्ट वा भास्कुलर डप्लर बाट चेक गरिन्छ ।

यसको उपचारको लागि सबैभन्दा भरपर्दो र उच्च गुणस्तरीय प्रविधिलाई ‘रेडियो फ्रिक्वेनसी एब्लेसन’ भनिन्छ । यस पद्धतीमा शिराभित्र मसिनो तारजस्तो औजार छिराएर त्यसबाट रेडियो फ्रिक्वेन्सी वेभको सहायताले केवल खराब भएको नशा भित्री भागमा जलाइन्छ । सुरुको अवस्थामा ब्यान्डेज वा स्टकिङ लगाएर तथा औषधिको सेवनले केही फाइदा भए पनि पूर्ण रुपमा निर्मूल पार्न शल्यक्रिया नै गर्नुपर्छ । यो विधिबाट गरिएको उपचार भोलिपल्ट नै राम्ररी हिँड्न सकिन्छ ।

शल्यक्रियामा कम रक्तश्राव हुने र दुखाई पनि कम हुनुका साथै छालामा सानो घाउ वा दाग मात्र रहन्छ । यसको रोकथामको लागि शरीरको तौल कम गर्ने, लामो समयसम्म नउभिने, खुट्टामा स्टकिङ वा ब्यान्डेज लगाउने, खुट्टा भुइँमा नझुन्ड्याउने यस्तो विधि अपनाएर रोकथाम गर्न मिल्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot