Logo

बागमती प्रदेश सभा बैठकमा पनि एमाले-राप्रपाको अवरोध



काठमाडौं,१२ असार । बागमती प्रदेश सभाको आजको दास्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले अवरोध गरेका छन् ।

आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका छन् । सभामुख भुवनकुमार पाठकले अर्थमन्त्री बहादुरसिंह लामालाई आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटमाथिको सामान्य छलफल प्रारम्भ होस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिएका थिए ।

सभामुखले अर्थमन्त्री लामालाई समय दिएपछि आफ्नो आसनबाट उठेर प्रतिपक्षका दलहरुले विरोध गरेका थिए । विरोधकै बावजुद अर्थमन्त्री लामाले विनियोजित बजेटमाथिको सामान्य छलफल अगाडि बढाइओस भन्ने प्रस्ताव पेस गरेका छन् ।

सरकारले बजेट ल्याउँदा समावेसी सिद्धान्तलाई अवलम्बन गर्न नसकेको आफ्ना सांसदको निर्वाचन क्षेत्रमा बजेट कम हालिदिएको लगायतका आरोप लगाउँदै सदन अवरोध गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot