Logo

सात क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्‍को निर्णय



काठमाडौं, १२ असार । सरकारले देशका विभिन्न सात क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले देशका सात क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं प्रवक्ता रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको बताइन्।

यस्तै, उनले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नबराज अधिकारीलाई नियुक्त गरेको पनि जानकारी दिइन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot