Logo

कक्षा ११ मा छात्रवृत्ति-एकीकृत परीक्षा लिएर योग्यताक्रमका आधारमा छात्रवृत्ति दिने



काठमाडौं, असार १३ । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति पाउन योग्य विद्यार्थीका लागि एकीकृत परीक्षा सञ्चालन गर्ने भएको छ ।

कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले निजी उच्चमाध्यमिक विद्यालयले छात्रवृत्ति उपलब्ध गराउँदा मनपरी गरेको गुनासो आएपछि छात्रवृत्तिलाई एकरूपता दिन एकीकृत परीक्षा शुरू गर्न लागेको जानकारी दिनुभयो ।

माविसम्मको शिक्षा स्थानीय निकायमा आएपछि वडा अध्यक्षको अध्यक्षतामा हुने समितिले छात्रवृत्ति दिने व्यवस्था गरेको छ । कामपाले मात्र परीक्षा लिएर योग्यता क्रमका आधारमा छात्रवृत्ति दिने तयारी गरेको छ ।

एक साताअघि भर्ना शुल्क विवरण माग गरेको कामपाले पहिलोपटक परीक्षा लिएर छात्रवृत्ति छनौट गर्न लागेको हो ।आजको नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot