Logo

३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न सहकारीलाई बालेनको निर्देशन



काठमाडौं,१३ असार । काठमाडौं महानगरपालिकाले ३० दिनभित्रमा मातहतका सबै सहकारीहरुलाई आफ्नो अद्यावधिक विवरण पेस गर्न निर्देशन दिएको छ ।

महानगरअन्तर्गतको सहकारी विभागले आज सार्वजनिक सूचना प्रकाशन गर्दै महानगरभित्र रहेका सहकारी संस्थालाई ३० दिनभित्र आफ्नो विवरण बुझाउन भनेको हो ।

केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिए वमोजिमका विवरणहरू समयमा नै पेस नगरेको विभागको सूचनामा उल्लेख छ ।

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।

ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ ।

दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीसम्मको व्यवसथा छ ।

साथै, सूचनाबारे जानकारी दिंदै मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिषट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot