Logo

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्र संघका उपमहासचिवको भेट



काठमाडौं, असार १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र संघका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव निज पियरे लाक्रोइसले शिष्टाचार भेट गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र उपमहासचिव लाक्रोइसबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयलका अनुसार भेट संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको योगदानलगायत नेपाल–संयुक्त राष्ट्र साझेदारीमा केन्द्रित रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot