Logo

एसीसी यू-१६ इस्ट जोन कप: नेपालसामु निरिह थाइल्यान्ड,४४ रनमै गुमायो ९ विकेट



काठमाडौँ,१३ असार । नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले दिएको २६९ रनको लक्ष्य पछयाएर जवाफी ब्याटिङमा उत्रिएको थाइल्यान्ड नेपालसामु निरिह देखिएको छ ।

नेपालले दिएको २६९ रनको लक्ष्य पछयाएको थाइल्याण्ड ताजा अवस्थामा १३ ओभरको खेल सकिँदासम्म ९ विकेट गुमाएर मात्र ४४ रन बनाएर खेलिरहेको छ ।
नेपालका लागी अशोक धामी एक्लैले तीन विकेट लिएका छन् ।

मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाई २ सय ६८ रन बनाएको थियो ।

नेपालका लागी ओपनिङ जोडी निरज यादव र सूर्यांशु कोइरालाले शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।

निरजले ४३ बलमा ७४ रन बनाउँदै अर्धशतकिय पारी खेले भने कुल ७ सुर्यांशुले ५५ बल खेली ३ चौकासहित ४० रनको योगदान दिए । त्यस्तै सन्तोष यादवले ४२ तथा र नरेन भट्टले ५३ रनको योगदान दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot