काठमाडौं, १३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती र नेपाल नागरिक उड्ययन प्राधिकरणका डिजी प्रदीप अधिकारीबीचको द्वन्द्व झन चर्किएको छ। हिजोमात्रै पर्यटनमन्त्री किरातीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफ आफूले नदिने अधिकारीको अडान छ ।
यस्तै, मन्त्री किरातीले गरेको एउटा निर्णयमाथि अधिकारीले आपत्ति जनाएका छन् । काभ्रेपलाञ्चोकमा सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन दिन पर्यटनमन्त्री किरातीले गरेको निर्णयलाई लिएर महानिर्देशक प्रदीप अधिकारीले विमति राखेका छन् ।
अधिकारीले प्राधिकरणले पत्र पठाएर हेलिपोर्ट बनाउनु प्राविधिक तथा कानूनविपरीत भएकोले कार्यान्वयन गर्न नसकिने जवाफ पठाएका छन् । सो हेलिपोर्ट बनाउने सिम्रिक एयर रामेश्वर थापा रहेका छन् ।