Logo

गृहजिल्ला भोजपुर पुगे पर्यटनमन्त्री किराती, रोपाइँको निम्तो दिए



काठमाडौं, १४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती गृहजिल्ला भोजपुर पुगेका छन् । भोलि असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरिने रोपाइँ कार्यक्रममा सहभागी हुन उनी गृहजिल्ला पुगेका हुन् । उनले घुम्न र नेपाल चिन्न अपिल गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

घुमौ नेपाल चिनौ संस्कृती हेरौ प्रकृती
के यो ठाउँ तपाई चिन्नु हुन्छ ?
प्रकृति उस्तै रहेछ जो मैले गाउँमा छोडेर गएको थिएँ बरु समय संगै म पो बदलिँएछु तर मन बदलेको छैन, मस्तिष्क बदलेको छैन र बदल्ने पनि छैन ।
भोलि असार १५ गते भोजपुर छिनामखुको “तिसमुरे ” मा रोपाइँ गरिदैछ। सबैलाई जानकारी भ्याए सम्म आउनुहोला है मेरो निम्तो छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot