Logo

प्रतिनिधिसभा बैठक बस्दै, मुलुकी संहिता सम्बन्धी विधेयक पारित गरिने



काठमाडौं, असार २०। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकीसंहिता सबन्धी केही नेपाल संशाेधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

साथै सो विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशाेधनहरु निणार्याथ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्